१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिममा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

आजै मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइने छ। जोशीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिन मात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार