२८ पुष २०८१, आईतवार

विद्यार्थीले समयमै पुस्तक पाउदै



धनगढी/ सुदुरपश्चिम प्रदेशमा सधै कितावको समस्या भोगीरहने समामुदायिक विद्यालयका विद्यार्थीहरु भने यसवर्ष समयमै किताव पाउने भएका छन ।

यस प्रदेशमा आर्थिक वर्ष २०७९/०८० लागि १८ लाख थान किताब आवश्यक रहेकोमा करिब १५ लाख थान किताव जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालयमा ल्याइएकोमा झण्डै ७ लाख थान किताव वितरण भैसकेको छन् । बाँकी किताव पनि वितरण भैरहेको छन् ।

माग अनुसारको किताव अभाव हुन नदिन केन्द्रबाट पठाउने काम भैरहेको र केही दिनमा पुग्ने जनक शिक्षा समाग्री केन्द्र लिमिटेड सुदुरपश्चिम प्रदेशका कार्यालय प्रमुख ध्रुवराज पन्तले बताए । साथै कार्यालय प्रमुख पन्तले यसवर्ष कितावको अभाव नहुने समेत बताए ।

कार्यालय प्रमुख पन्तले चैत्र २५ देखि किताव वितरण शुरु भएकोमा बैशाख ५ सम्ममा वितरण सक्ने योजना भएको भए पनि केहि प्राविधिक कठिनाईका कारण ढिलाई भएकाले बैशाख १० भित्र किताव वितरण गरेर सकिने बताए । केन्द्रीय कार्यालयले समयमै कागजको टेन्डर गरेर समयमै नेपालमा कागज आएकाले यसवर्ष समयमै र माग बमोजिमको किताब पुगेको समेत कार्यालय प्रमुख पन्तले बताए ।

प्रदेश कार्यालयमा किताब पुगेर पनि वितरणको समयमा सधै विक्रेताहरु आएर अप्ट्यारो हुने हुदा यसवर्ष कार्यालयले एक जिल्लालाई दुई दिनको समय दिएर वितरण गरेको छ ।

कार्यालयले सबैभन्दा पहिला दुर्गम जिल्ला बाजुरा, दार्चुला, बझाङ, अछाम, बैतडी र डोटीमा वितरण गरिसकेको छ भने डडेल्धुरा ,कञ्चनपुर र कैलालीमा क्रमश वितरण हुदैछ । प्रदेशभर १९० जना आधिकारिक विक्रेताहरु रहेका छन । विक्रेताहरुबाट किताव विद्यालयसम्ममा पुग्ने गर्दछन ।

जनक शिक्षा समाग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १२ सम्मका कितावहरु विक्री वितरण गर्ने गरेको छ । कक्षा १ देखि ५ सम्म किताबहरु भने सरकारले निजी क्षेत्रबाट छपाइ गरेर विक्री वितरण गर्ने अनुमति दिएको छ ।

अन्य कक्षाका पाठ्यक्रम यसवर्ष यथावत रहेका भए पनि कक्षा ८ र १० को भने पाठ्यक्रम परिवर्तन गरिएको छ । कक्षा आठमा गत वर्ष नौ वटा कितावहरु रहेका थिए भने यस वर्ष परिवर्तन भएर छ किताब मात्र रहेका छन ।

गत आर्थिक वर्षमा २१ लाख थान किताब माग रहेको यस वर्ष भने केही पाठ्यक्रम परिवर्तनले माग घटेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार