२४ बैशाख २०८१, सोमबार

सेवा सुधार्दै टीकापुर अस्पताल



टीकापुर/ सुदूरपश्चिम प्रदेश सरकारले लगानी बढेपछि जिल्ला सदरमुकाम भन्दाबाहिर भएर पनि ठूलो जनसंख्यालाई सेवा दिनुपर्ने टीकापुर अस्पतालको सेवा प्रवाह क्षमता बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा टीकापुर अस्पतालमा १५ शैयाको आइसोलेशन भवन, १५ बेड एचडीयू, पाँच बेड एनआइसीयू, १५ एनएमक्यूको अक्सिजन प्लान्ट स्थापना भैसकेको छ । यहाँका एचडीयू र एनआइसीयू बेड निरन्तर भरिएका हुन्छन भने प्लाण्टबाट उत्पादित अक्सिजन एचडीयू र एनआइसीयूमा पाइपबाट अरु वार्डहरुमा सिलिन्डरमा भरेर पुर्याउने व्यवस्था छ ।

तीन बेडको डाइलासिस सेवा स्थापना हुने क्रममा छ भने चार करोडको लागतमा सरुवा रोग उपचार तथा अनुसन्धान केन्द्र र साढे दुई करोडको लागतमा चिकित्सकको आवास गृह निर्माणाधिन अवस्थामा छ ।

टीकापुर अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र ९ जना अधिकृत कार्यरत छन् । चिकित्सकको थपिएसंगै यहाँ आउने अधिकांश बिरामीको रोागको निदान, उपचार, शल्यक्रया हुन थालेको छ । रेफर न्यून हुँदै गएको छ । वर्ष २०७६।७७ मा ७८ हजार बिरामीले उपचार पाएको टीकापुर अस्पतालमा २०७८।७९ मा ९० हजार भन्दा बढीले उपचार पाएका छन भने यस वर्षको पहिलो छ महिनामै ७७ हजार ५०० बिरामीले उपचार सेवा लिइसकेका छन् ।

५१ शैया सञ्चालनको अनुमति पाएको टीकापुर अस्पतालमा अहिले ७८ शैया चलेको छ तर सरकारबाट ५१ शैया बराबरको जनशक्ति र बजेट दिन सकेको छैन तर पछिल्लो समय थपिएको साधन स्रोतले गुणस्तीय सेवा दिन कोशिस गरिरहको अस्पतालका अध्यक्ष झपटबहादुर सोडारीको भनाई छ ।

सेवा लिन सहज होस भनी बिारमी पूर्जा लिने लाइन व्यवस्थापन गर्न टोकन मेशिन, टिकट काटने काउण्टर थप भएका छन् । औषधि लिन दुईवटा काउण्टर थपिएका छन् ।

एउटा काउण्टर आपतकालिन अवस्थामा भर्ना रहेका बिरामी र नगदमा औषधि किन्नेका लागि छ भने दुई वटा काउण्टर स्वास्थ्य बीमा गरेका बिरामीले औषधि किन्न छुट्टयाएको छ । अस्पतालमा शव राख्ने मर्चरी, अस्पतालको फोहोर निर्मलीकरण गर्ने अटोक्लेभ मेशिन राख्ने भवन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार