कञ्चनपुरको सीमा विवाद समाधान गर्न सांसद लामाको माग
काठमाडौँ / नेकपा (एमाले)का सांसद तारा लामाले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने सिमानामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक र कर्मचारीहरुमाथि ज्यादती गरिरहेको घटना सुनाए ।
‘कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा विद्युत विस्तार गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई भारतीय सुरक्षाकर्मीले धाकधम्की गरेका छन् उनले भने कहिले हुलाकी सडक बनाउँदा अवरोध गरिएको छ, कहिले विद्युत विस्तारमा अवरोध गरिएको छ,’ उनले भने, सीमा क्षेत्रमा नेपाली नागरिकहरूले असुरक्षित महसुस गरिरहेका छन् । जनतालाई सुरक्षाको अनुभूति हुने गरेर सीमा विवादको समाधान खोजियोस् ।’
उनले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादतीको भर्त्सना गर्न समेत माग गरे । उनले २०७३ फागुन २६ गते सीमा विवादकै कारण गोविन्द गौतमको ज्यान गएको भन्दै फेरि त्यस्तै अवस्था आउन नदिन सरकारले पहल गर्नु पर्ने बताए ।
गौतमको २०७३ साल फागुन २६ गते सीमा विवादका विषयमा झडप हुँदा भारतीय प्रहरीको गोली लागेर गौतमको ज्यान गएको थियो ।