२४ बैशाख २०८१, सोमबार

अट्ठाइस करोड एकासी लाखको होल्डिङ सेन्टर अलपत्र




धनगढी/ कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकाहरुलाई राख्ने उद्देश्यले कैलालीमा निर्माण गरिएको एक हजार शøयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर अलपत्र परेको छ ।

सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा बनेको होल्डिङ सेन्टर प्रयोगमा नआइ अलपत्र परेको हो ।

गत वर्ष जेठमा तयार भएको होल्डिङ सेन्टर एक वर्षदेखि प्रयोगविहीन छ । कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि होल्डिङ सेन्टर के का लागि प्रयोग गर्ने भन्ने विषय नै अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार