२ जेष्ठ २०८१, बुधबार

ढुंगेबजारको कुखुरा फारममा आगलागी



धनगढी/ धनगढी उपमहानगरपालिका ११ ढुंगे बजारमा विद्युत सट भएर फमहाउस जल्दा १५ लाखको क्षति भएको छ ।

स्थानीय डम्बर बोगटीले संचालन गरेको फामहाउसमा गएराती आगलागी हँुदा कुखुरा जलेर नष्ट भएपछि १५ लाख बराबरको क्षति भएको हो ।

फमहाउसमा रहेका त्रिपाल, मोबाइल, जस्तापाता र ४० दिनका एक हजार पाँचसय कुखुरा जलेर नष्ट भएको संचालक डम्बर बोगटीले जानकारी दिए ।

एक्कासि आगोको झिल्को देखिएको र एकैछिन आगोले फमहाउस लगायत कुखुरा सबै जलेर नष्ट भएको उनले बताए । आगो निभाउन धेरै प्रयास गरे पनि नियन्त्रण ल्याउन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार