१२ बैशाख २०८१, बुधबार

कुँवरद्वारा उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी



धनगढी / कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले नेपाल उद्योग वणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले आसन्न नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा खुला केन्द्रिय सदस्य पदको उमेदवार रहने बताएका हुन् ।

सुदूरपश्चिमका जिल्ला तथा नगर उद्योग वाणिज्यहरुको पूर्ण समर्थन पाएको दावी गर्दै कुँवरले यस पटक देशभरीकै उद्योग वाणिज्य संघहरुको विश्वास जित्ने बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघबाट साझा उमेदवार पेस भएका कुँवरले उद्योग व्यवसायीका पक्षमा आफुले गरेका कामनै जित्ने आधार भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारणसभा आगामी चैत २८ र २९ गते काठमाण्डौँमा हुन लागेको छ ।

कुँवर पछिल्लो समय व्वसायीहरुका माग मुद्धा सम्बोधनका लागी अग्रपक्तींमा रहेर आन्दोलनमै उत्रिएका थिए । महासंघका वर्तमान केन्द्रिय सदस्य समेत रहेका कुँवरकै नेतृत्वमा धनगढीसंगै काठमाण्डौँमा समेत बैकंको चर्को ब्याज बिरुद्ध आन्दोलन गरिएको थियो ।

आगामी दिनमा पनि व्यवसायीहरुका हक हीतका लागि काम गर्न आफ्नो उमेदवारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार