७ बैशाख २०८१, शुक्रबार

नवजागृत माविको वार्षिकोत्सव : मनोसामाजिक परामर्शकर्ता विक सम्मानित



लम्की/ कैलालीको लम्कीचुहा नगरपालिकामा स्थित राष्ट्रिय नवजागृत माध्यामिक विद्यालयको ५४ औं वार्षिकोत्सवमा भएको छ ।

वार्षिकोत्सवका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । वार्षिकोत्सव कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता धनराज विक अविरललाई सम्मान गरिएको छ ।

मुख्यमन्त्री शाहले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए । विद्यालयले लामो समयदेखि मानसिक स्वास्थ्य र मनोसामाजिक मनोपरामर्श सेवा दिदै आएका विकको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भण्डारीले विद्यालयका पूर्व विद्यार्थी समेत रहेका विकले मानसिक स्वास्थ्य, पत्रकारिता, मानवअधिकार र कला साहित्यको क्षेत्रमा योगदान दिदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार