८ बैशाख २०८१, शनिबार

उपभोक्ताका पक्षमा परिणाम देखाउने गरेर काम हुन्छ : प्रजिअ कट्टेल




धनगढी / कैलाली जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कैलालीको आयोजनामा बुधबार विश्व उपभोक्ता दिवस मनाइएको छ ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले परिणाम देखिने गरेर उपभोक्ताका पक्षमा काम गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा उपभोक्ताको अधिकार बारे उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक धर्मराज जोशी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश संयोजक हरी रेग्मी, उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रदेश सचिव भोजराज जोशी र पत्रकाहरुले कैलालीमा उपभोक्ताका हक, अधिकार हनन भएका बताउदै केही उदाहरण समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार