१३ बैशाख २०८१, बिहीबार

व्यवसायीक योग्यता प्रणाली परियोजना बारे छलफल




धनगढी/ स्वीस विकास नियोगको सहयोगमा सुदूरपश्चिम प्रदेशमा लागू गरिएको नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजना बारेमा सरोकारवाला निकायसंग छलफल गरिएको छ ।

स्वीस विकास नियोगले नेपाल सरकारसंग समन्वय गरेर सातवटै प्रदेशमा परीयोजना लागू गरेको छ । परियोजना सातै प्रदेशमा सामाजिक विकास मन्त्रालयको सहकार्यमा अघि बढाइएको छ ।

छलफल कार्यक्रममा परियोजनाका डेपुटी टीम लिडर रमादास चौधरीले परियोजना र पुर्व सिकाइ मान्यता बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुतका क्रममा चौधरीले यस प्रदेशमा केही महिना अघिमात्र परियोजना लागू गरिएकाले सरोकारवालाहरुसंग जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

उनले सरोकारवाल निकायसंग छलफलपछि आएका सुझाव पनि सम्बन्धित निकायमा जानकारी गराई कार्यान्यन गराउन परियोजना सहयोग गर्ने बताए । परियोजनाले यस प्रदेशमा रहेका सीप भएकालाई सीप अनुसारको पूर्व सिकाई मान्यता अनुसार प्रमाणीकरणमा सहयोग गर्ने छ ।

छलफलमा सामाजिक बिकास मन्त्रालयका उपसचिब गगनदेव भट्ट, शाखा अधिकृत लोकेन्द्र भट्ट, निर्माण व्यवसायी , उद्योग व्यवसायी , उद्यमी लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीले परियोजना राम्रो रहेकाले छिटो भन्दा छिटो लागू गर्नु पर्ने बताए । साथै सिटीभिटीले सीप भएका सीप अनुसारको प्रमाणपत्र दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार