१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमको सुन्दर इमेज बनाउने लक्ष्य– मन्त्री शाही



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा भएको छ । आर्थिक मामिला मन्त्रालयको आयोजनामा मंगलबार धनगढीमा भएको वार्षिक समीक्षा कार्यक्रममा बजेट कार्यान्वयनको अवस्थाबारे चर्चा भएको थियो ।

कार्यक्रममा प्रदेशका सबै मन्त्रालय तथा निकायहरूको चालू आर्थिक वर्षको बजेट तथा कार्यान्वयनको अवस्थाबारे प्रस्तुति भएको थियो ।

कार्यक्रममा प्रदेशका सबै मन्त्रालय तथा निकायको चालू आर्थिक वर्षको बजेट तथा कार्यान्वयनको स्थिति बारे प्रस्तुति भएको थियो ।

कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेशको “इमेज” सुधार आवश्यक रहेको बताए । उनले भने– अहिलेसम्म सुदूरपश्चिम प्रदेशको परिचय गएगुज्रेको प्रदेशका रुपमा रहेको छ । अब हामीले यो इमज परिवर्तन गर्नुपर्छ ।
मन्त्री शाहीले अर्धवार्षिक समीक्षालाई आगामी दिनका लागि सुरुवातका रुपमा लिनुपर्ने बताए । भने– वास्तवमा यो (अर्धवार्षिक समीक्षा) आगामी दिनका लागि प्रवेश बिन्दू हो ।

उनले सुदूरपश्चिम प्रदेशको मुख्य सवाल नै समृद्धि रहेको बताए । उनले ठेक्कापट्टा सम्झौता हुँदा कम रकममा बोलकबुल भएर बाँकी रहेको रकम सम्बन्धित निकायले नै खर्च गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए । भने– ठेक्कापट्टा प्रक्रियामा अनुमानित लागतभन्दा कममा बिडिङ गरेर बाँकी रहेको रकम अर्थ मन्त्रालयमा फिर्ता गर्ने व्यवस्था जरुरी छ ।

मन्त्री शाहीले साना रकमका विकास निर्माण योजनाको रकम पुरै खर्च हुने र ठूला योजनाको रकम कम खर्च हुने गरेको बताए । उनले भने– यस्तो किन भइरहेको छ । कतै यसमा व्यक्तिगत स्वार्थ र लाभले त काम गरिरहेको छैन ?

कार्यक्रममा प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीले कर्मचारीहरूको कार्यशैली, व्यवहार र व्यवसायिकतामा सुधार आवश्यक रहेको बताए । उनले बजेट र कार्यान्वयबीच तालमेल नमिलेकोप्रति सबै गम्भीर हुन आग्रह गरे । भने– हाम्रासामु थुप्रै चुनौति छन्, यिनै चुनौतिबाट हामीले प्रभावकारी रुपमा काम गर्नु पर्छ ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट कार्यान्वयनबारे जानकारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार