१३ बैशाख २०८१, बिहीबार

ब्राइट वे पब्लिक स्कुलको वार्षिकउत्सवमा चारजना सम्मानित




धनगढी/ धनगढी हसनपुरमा रहेको ब्राइट वे पब्लिक स्कुलको वार्षिकउत्सवमा चारजना व्यक्तित्वहरु सम्मानित भएका छन् ।

मंगलबार स्कुलले आफ्नो २२ औं वार्षिकउत्सव मनाएको थियो । सोक्रममा उत्कृष्ट शिक्षकका रुपमा इन्दिरा बडैला बोगटी, छोटो समयमा प्रभावशाली काम गरेको भन्दै कमलाकुमारी जोशी, स्कुलको सुरुवात देखि नै कार्यरत ध्वजबहादुर साउँद र कार्यालय सहयोगी श्वेटी चौधरीलाई सम्मान गरिएको हो ।

उनीहरुलाई प्रमुख अतिथि डा. प्रेम चन्द, प्रिन्सिपल कुवेर जित साउँदलगायतले सम्मान गरेका थिए । वार्षिकउत्सवका उपलक्ष्यमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनी गर्नुका साथै विज्ञान प्रदर्शनी पनि गरिएको थियो ।

धनगढी हसनपुरमा रहेको ब्राइट वे पब्लिक स्कुलमा कक्षा १० सम्म पठनपाठन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार