२५ पुष २०८१, बिहीबार

रेडियो बचाउन नीतिगत सुधार गर्छो : मन्त्री शाही




धनगढी/ प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले रेडियोको महत्व अझै नसकिएको बताउदै स्थानीय रेडियोहरुलाई उकास्न के गर्न सकिन्छ भनेर आफूले नीतिमा नै सुधार गर्ने बताएका छन् ।

विश्व रेडियो दिवसका अवसरमा सोमबार रेडियोहरुका संस्था सामुदायिक प्रसारक संघ (अकोराब) र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताएका हुन ।

बानका सुदुरपश्चिम अध्यक्ष अमिता कुँवरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, बानका उपाध्यक्ष गोबिन्द रोस्यारा,अकोराबका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दीलबहादुर छत्याल,प्रेस चौतारी नेपालका पूर्व इन्चार्ज हेमन्त पौडेल,कैलाली पत्रकार महासंघका अध्यक्ष हिमाल जोशी, बानका पूर्व अध्यक्ष ज्ञानेन्द्र महता, फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेत लगाएतले रेडियो दिबसको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागीहरुल्े संकटमा रहेका रेडियोहरुको बारेमा चिन्ता व्यक्त गर्नुको साथै हालको अवस्थामा रेडियो सञ्चालनका चुनौतीको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा सुदुरपश्चिम भरका रेडियो सन्चालक एवम् रेडियोकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बानका केन्द्रीय सदस्य श्रवण देउवाले गरेका थिए भने सञ्चालन अकोरोबका प्रदेश सचिव अमर भट्टराईले गरेका थिए ।

विश्व रेडियो दिवसको यस वर्षको नारा शान्ति र रेडियो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार