१२ बैशाख २०८१, बुधबार

लागू औषध विरुद्ध अभियान




धनगढी/ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा बुधबार धनगढीमा लागू औषध विरुद्धको अभियान सम्बन्धी कार्यक्रम भएको छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रहरी नायव महानिरीक्षक अशोक सिंह, कैलाली र कञ्चनपुरकाका विभिन्न नगरपालिका प्रमुख, प्रहरी अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख हमालले कैलाली र कञ्चनपुरमा लागू औषधको ओसारपसार तथा दुव्र्यशनको समस्या विकराल बन्दै गएको र समयमै नियन्त्रण गर्न नसकिए भविष्यमा गम्भीर अवस्था सिर्जना हुने बताए ।

उनले उपमहानगरपालिकाले लागू औषध ओसारपसार र दुरव्यसनमा कमी ल्याउन प्रयास गरिरहेको बताए ।

कार्यक्रममा सहभागी नगर प्रमुखहरुले आआफनो स्थानीय तहमा लागू औषध कारोबार तथा दुव्र्यशनको अवस्था र रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार