११ बैशाख २०८१, मंगलवार

राहत वितरण गर्न तथ्यांक संकलन




बाजुरा/ बाजुराका नौ वटै स्थानीय तहमा भुकम्पबाट भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य सुरु गरिएको छ ।

बाजुरा केन्द्रविन्दु बनाएर माघ १० गते ५ दशमलब ९ म्याग्नेच्युटको भुकम्प गएपछि भएको क्षतिको विवरण संकलन गर्न थालिएको हो ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार जिल्ला विपत व्यवस्थापन समिति बाजुराले सो भुकम्पबाट पीडित भएकाहरुलाई राहत वितरण गर्ने उद्देश्यले अहिले तथ्यांक संकलन कार्य सुरु गरेको हो ।
बाजुराको नौ वटै स्थानीय तहमा भुकम्पले मानवीय तथा भौतिकरुपमा के कति कहाँ क्षति भएको त्यसको ऐकिन प्रतिवेदन अहिलेसम्म नआएकोले पुनः तथ्याङ्क सङकलन कार्य सुरु गरिएको उनले बताए ।

उनका अनुसार नौ वटै स्थानीय तहमा इन्जिनियर लगायतको विज्ञ खटाइएको छ ।

प्रहरी प्रतिवेदन अनुसार १०४ घर पूर्ण, ५०९ आँशिक र ४६३ घर सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार