१४ बैशाख २०८१, शुक्रबार

साथी मार्टको शाखा हसनपुरमा



धनगढी/ धनगढी उपमहानगरपालिका–५, पिपलचौतारमा साथी मार्टको शाखा सञ्चालनमा आएको छ ।

युवा व्यवसायी प्रकाश शाह र मेखराज भट्टले एक करोड रुपैयाँ लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन् । मार्टमा शुक्रबार (आज)बाट कारोबार सुरु गरिएको छ ।

साथी मार्टको यो एक सय १९ औँ शाखा रहेको सञ्चालक शाहले बताए । हसनपुर, जाइ, मटियारी, तारानगर क्षेत्रका ग्राहकको सुविधाका लागि हसनपुर पिपल चौतारामा मार्ट सञ्चालनमा ल्याएको शाहले बताए । सञ्चालक शाहका अनुसार मार्टमा पाँच जनाले रोजगारीको अवसर पाएका छन् ।

मार्टमा खाद्यान्न, सबै प्रकारका दैनिक उपभोग्य बस्तु, भाँडाकुडा, स्टेशनरी, कस्मेटिक, पेय पदार्थलगायत गुणस्तरीय सामानहरु सुलभ मूल्यमा उपलब्ध रहेको अर्का सञ्चालक भट्टले बताए । व्यवसायसँगै ग्राहकलाई भान्सामा चाहिने सम्पूर्ण सामानहरु एकै छानामुनि पाइने सेवा दिन मार्ट सञ्चालनमा ल्याइएको उनले बताए ।

ग्राहकहरुले सामानका लागि फरकफरक पसलमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले एउटै छानामुनि सबै प्रकारका सामानहरु खरीद गर्नसक्ने व्यवस्था मिलाइएको सञ्चालकले बताएका छन् ।

उद्घाटनका अवसरमा मार्टमा विभिन्न सामानहरुमा २५ प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ । साथी मार्टको आफ्नै उत्पादनमा २५ प्रतिशत, भान्सा तथा गिफ्ट आइटममा १५ प्रतिशत र किराना तथा पेय पदार्थमा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार