१४ बैशाख २०८१, शुक्रबार

धनगढीमा कृषिमार्ट




धनगढी/ धनगढीमा कृषिमार्ट संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरे ।

मार्टका सञ्चालक बिष्णु बुर्लाकोटीले किसानको उपजको व्यवसायीकरण तथा उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले कृषिमार्ट सञ्चालनमा ल्याइएको बताए ।

कृषिमार्टमा किसानलाई वीउबिजन, मलखाद, मेसिनरी, अग्र्यानिक तरकारी, फलफूल उपलब्ध हुने छ । त्यस्तै, कृषि तथा भेटेरीनरीसम्बन्धी परामर्स सेवा समेत उपलब्ध हुनेछ ।

धनगढी उपमहानगरपालिका–४ एनडी मार्गमा सो मार्ट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार