दुई दिने निःशुल्क दन्त शिविर सञ्चालन
धनगढी/ कान्तिपुर डेन्टल होम नेटवर्कद्धारा दुई दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । ऐश्वर्य बहुमुखि क्याम्पस युथ रेडक्रस सर्कलको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो ।
धनगढीस्थित हसनपुरमा सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सञ्चालन गरिएको सो शिविरमा ४ सय ७८ जना विद्यार्थीले निःशुल्क सेवा पाएका छन् ।
कान्तिपुर डेन्टल होम नेटवर्कका डा.रितराज खड्काका अनुसार विभिन्न स्थानमा आवश्यकता अनुसार निःशुल्क दन्त शिविर सञ्चालन गरिँदै आएको छ ।
कैलाली लगायत केही ठाउँमा स्वच्छ खानेपानी अभावका कारण दाँतमा विभिन्न किसिमका समस्याहरु देखा परेका छन् ।
शिविरमा डा. डा.रितराज खड्का, डा. सुदिप सुवेदी र डा.सृष्टि भण्डारीको टोलीले विद्यार्थीको दन्त परिक्षण गरेका थिए ।