७ बैशाख २०८१, शुक्रबार

टीकापुर महोत्सव शुरु : उन्मुक्तीका अध्यक्ष श्रेष्ठद्धारा उद्घाटन




टीकापुर/ कैलालीको टीकापुरमा बुधबारदेखि टीकापुर महोत्सव शुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् ।

महोत्सव उद्घाटन समारोहमा टीकापुुर उद्योग बाणिज्य संघले नेपाल सरकारसामु मागपत्र प्रस्तुत गरेको छ । मागपत्रमा टीकापुरमा हवाइ मैदान सञ्चालन, नेपाल आयल निगमको डिपो स्थापना, दिगो रुपमा कर्णाली नदी नियन्त्रण, यातायात व्यवस्था कार्यालय स्थापना, चिसापानी–कुइने–जंगलघाट सडक कालोपत्रे, टीकापुरमा औद्योगिक क्षेत्र घोषणा र केराको विशेष क्षेत्र घोषणा उल्लेख छ ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य श्रेष्ठले सुन्दर, शान्त टीकापुरको विकास र समृद्धिका लागि पहल गरिने बताइन् ।

उद्घाटन समारोहमा बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लालवीर चौधरी, संविधान सभा सदस्य हरिलाल ज्ञवाली, प्रदेश सभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी र ललिता सुनार, टीकापुर नगरपालिका प्रमुख रामलाल डगौराथारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको थियो ।

२०६५ सालदेखि शुरु भएको टीकापुर महोत्सवको यो एघारौं संस्करण हो । महोत्सव माघ १५ गतेसम्म चल्नेछ ।

महोत्सव सञ्चालनका टीकापुर उद्योग वाणिज्य वाणिज्य संघको करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भने ६० लाख रुपैयाँ आम्दानी हुने अनुमोदन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार