२८ पुष २०८१, आईतवार

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले असाहयलाई खाना खुवायो




धनगढी/ देउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढीले धनगढीको मानव सेवा आश्रममा रहेका ६० जना असाहयलाई एक छाक खाना खुवाएको छ ।

संस्थाका अध्यक्ष ध्रुवबहादुर सिंहका अनुसार प्रतिष्ठानले परोपकारी काम अझै जारी राख्ने छ ।

गत असोजमा स्थापना भएको प्रतिष्ठानका ११८ जना आजिवन सदस्य रहेको छन् । असाहयलाई खाना खुवाउने काम पनि आजिवन सदस्य शुल्कबाट गरिएको अध्यक्ष सिंहले बताए ।

माघ ३ गते उत्तरायणीका अवसरमा पुनरवासमा देउडा कार्यक्रम गरिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार