११ बैशाख २०८१, मंगलवार

मिस पबि मोडेल रहेको गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक



काठमाडौं / सुदूरपश्चिमको डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ ।

गिरी को होला त्यो गायक हुन । सो गीतमा पल शाहलाई अभिनय गराएका हुन । शाहको त्यही गीतबाट अभिनय शुरु भएको थियो । जुम्ला गीतको शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो। भिडियो गायक गिरीको अफिसियल युट्व च्यालनबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने गिरी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पबि अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्। उनले देउवा विरुद्ध लडेका सागर खनाललाई टिकटकबाट समर्थन गर्दा झन् चर्चा बटुलेकी थिइन ।

उनको टिकटकको करिब ९ लाख फ्लोअर्स छन्

भिडियो सार्वजनिक कार्यक्रममा सागर ढकाल , जुम्लाबाट हालै प्रतिनिधिसभामा विजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिति थियो ।

गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक विकले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार