१५ चैत्र २०८०, बिहीबार

टिपरको ठक्करबाट एक बालकको मृत्यु



धनगढी/ कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् ।

आज बुधबार बिहान पूर्वपश्चिम राजमार्गको अत्तरिया–लालपुर खण्डमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुप्रप ०१००१ क २०२० नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको सुप्रप ०१००१ ह ४९१८ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ४ वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो । घटनामा उनकी आमा २९ वर्षीया पेन्टि ठकुल्ला घाइते भएकी छिन् ।

ठक्करबाट गम्भीर घाइते बालक भरतको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

घटनापछि आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्नुका साथै नाराबाजी गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको स्थानीयले बताए ,

प्रहरीले धनगढी उपमहानगरपालिका–७ का टिपर चालक ४२ वर्षीय प्रदिप चौधरी र टिपर तथा अटोरिक्सासहित चालक २८ वर्षीय मोहन बोहरालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार