८ बैशाख २०८१, शनिबार

छोरीको जन्मदिनमा विद्याथीलाई शैक्षिक सामाग्री वितरण



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नं. ५ का सेवा निवृत्त शिक्षक डिल्लीराज जोशी (डि सर) ले आफ्नी छोरीको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

जोशीले हाल विदेशमा रहेकी छोरी हिमान्सी जोशीको जन्मदिनको अवसरमा विहीबार शैक्षिक सामाग्री वितरण गरेका हुन ।

शैक्षिक सामाग्रीबाट धनगढीको तारानगरमा रहेको आमाको माया छात्रावासका विद्यार्थीहरुलाई सहयोग पुगेको छ । सो छात्राबासमा २८ जना विद्यार्थी बस्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार