६ चैत्र २०८०, मंगलवार

तारबारसहित वृक्षारोपण (फोटो फिचरसहित)




धनगढी/ “हाम्रो धनगढी, हामी बनाउँछौं” नारासहित आज शनिबार धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलको नयाँपुल नजिक बृक्षारोपण गरिएको छ ।
दिपु सोसाइटी, धनगढीको आयोजना तथा त्रिवेणी युवा क्लवको सौजन्यमा सडक किनारामा विभिन्न जडिबुटी तथा मसलाका रुख रोपिएको छ ।

दिपु सोसाइटी धनगढी–१, पशुपतिटोलका टिकेन्द्रबहादुर स्वार र बासु बम स्वारसहितले आफ्ना छोरा स्वर्गीय दिपेन्द्र स्वारको स्मृतिमा स्थापना गरेको सामाजिक संस्था हो । दिपेन्द्रको केही वर्षअघि कलिलो उमेरमा एक दुर्घटनामा निधन भएको थियो ।


रोपिएका रुखहरूको संरक्षणका लागि स्वार दम्पत्तिको लगानीमा तारबार समेत गरिएको छ ।

बृक्षारोपण कार्यक्रममा स्वार दम्पत्तिका नातेदार, आफन्त, त्रिवेणी युवा क्लवका पदाधिकारीहरू, समाजसेवी तथा स्थानीयको सहभागिता रहेको थियो ।


दिपु सोसाइटीले धनगढीमा क्रिकेटसहित खेलकुद प्रतियोगिता, असहाय–अशक्तहरुलाई सहयोग, सरसफाई लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार