२३ बैशाख २०८१, आईतवार

दलित नेटवर्कको २२ औ स्थापना दिवसको सन्दर्भमा : दलित अधिकार सप्ताह शुरु



धनगढी / दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा क्रियाशिल राष्ट्रिय दलित नेटवर्कको २२ औ स्थापना दिवसको सन्दर्भमा २०७९ श्रावण ३२ देखि भाद्र ६ गतेसम्मका लागि दलित अधिकार सप्ताह २०७९ शुरु भएको छ ।

दलित अधिकार सप्ताह अन्तरगत श्रावण ३२ गते हयाविट्याट फर हुमनिटी नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितको बिशेष सहभागितमा बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा निर्माणधिन सुरक्षित आवासको अनुगमन भई भाद्र १ गते कैलारी गाऊँपालिका वडानम्बर ८ विपतपुरमा स्थानीय सरकार, सरोकारवाला र मुक्त कमैयाका बिचमा सुरक्षित आवास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको थियो ।

त्यसैगरी भाद्र २ गते कैलाली जिल्लाको घोडाघोडी नगरपालिका प्रमुख खड्क रावतसंग सुरक्षित आवास सम्बन्धी छलफल भएको थियो ।

भाद्र ३ गते शुक्लाफाँटा नगरपालिका वडानम्बर ८ फुलेलीमा हलिया अधिकार मञ्चका अध्यक्ष धनबहादुर लुहारको उपस्थितिमा सुरक्षित आवास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो भाद्र भने ४ गते राष्ट्रिय दलित नेटवर्कको कार्यक्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी र अभियान्ता बीचमा समन्वयात्मक छलफल गरिएको नेटवर्कका कार्यकारी निर्देशक हुकुम साकीले बताए ।

त्यसैगरी भाद्र ५ गते आगामी निर्वाचन र दलित सहभागिता सम्बन्धमा राजनितीक दलका दलित जनवर्गिय संगठन, संभावित उम्मेदार र दलित अधिकारकर्मीका वीचमा धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर भाद्र ६ गते राष्ट्रिय दलित नेटवर्कको सहयोग, दलित बवकास मञ्च सिराहासंगको सहकार्य र जिल्ला हरवाचरवा अधिकार मञ्च सिराहाको आयोजनामा सिराहाको गोलबजारमा हरवाचरवा मुक्तिको सन्दर्भ र पुनस्र्थापनाको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

राष्ट्रिय दलित नेटवर्क नेपाल २०५७ भाद्र ६ गते स्थापना भएको थियो । स्थापनाका २२ वर्ष अर्थात आजको दिनसम्म आइपुग्दा सो संगठन देशका ७७ वटै जिल्लाहरु, सातवटै प्रदेश र केन्द्रीयस्तरमा तथा एशियाली दलित अधिकार मन्च लगायतका एलाइन्स तथा संगठनहरुसंग आवद्धता हासिल गर्न सफल भएको अध्यक्ष गणेश विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार