१९ आश्विन २०७९, बुधबार

ओल्के पर्व मनाउन माइत हिँडेकी महिलाको गरगहना लुटियो



तस्बिर : गुगलबाट

डोटी / डोटीमा ओल्के पर्व मनाउन माइत हिँडेकी महिलाको गरगहना लुटिएको छ ।

सायल गाउँपालिका वडानम्बर ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक यज्ञराज जोशीका अनुसार कटुवालको तीन तोला बराबरको सुनको गहना लुटिएको हो ।

आदर्श गाउँपालिका वडानम्बर ६ थलास्थित माइती घर जाँदै गर्दा आदर्श गाउँपालिका वडानम्बर ३ मा पर्ने अलिचौर जंगलमा बुधबार बिहान ११ः ३० बजेको समयमा उनीमाथि लुटपाट भएको प्रहरी निरीक्षक जोशीले बताए ।

लुटपाटमा संलग्न व्यक्ति फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्