१३ बैशाख २०८१, बिहीबार

निर्माण कार्य गुणस्तरीय बनाइने



धनगढी / सडक निर्माण कार्य अझ गुणस्तरीय बनाउनका लागि सुदूरपश्चिम प्रदेशका २० वटा पालिकाका इन्जिनियरहरुले धनगढीमा छलफल थालेका छन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीको आयोजनामा बुधबार शुरु भएको चार दिने तालिमका क्रममा सडक निर्माण कार्य अझ गुणस्तरीय बनाउन विज्ञहरुबाट सिक्नुका साथै पर्याप्त छलफल हुने भएको हो ।

चार दिने कार्यक्रममा सडकको गुणस्तर अझ राम्रो बनाउन मुख्यतया सडकको सर्भे, डिजाइन र अनुगमन बारे छलफल हुने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीका प्रमुख महेश्वर घिमिरेले बताए ।

कार्यक्रममा डडेल्धुरा, कैलाली, डोटी, कञ्चनपुर, अछाम र बाजुराका विभिन्न पालिकामा कार्यरत २० जना इन्जिनियरको सहभागिता रहेको छ ।

सहभागीलाई स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीका प्रमुख घिमिरे, गौरव पाल, सुजित धिताल र रामबाबु पौडेलले प्रशिक्षण दिइरहेका छन् ।

चालु आर्थिक वर्षमै सार्वजनिक खरिद र झोलुंगे पुल सम्वन्धी छुट्टाछुट्टै दुईवटा तालिम आयोजना गरिने र दुईवटा तालिममा थप ४० पालिकाका कर्मचारीहरु सहभागी हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार