जिसस चुनाव : कैलालीमा माओवादी फेरि काँग्रेस र समाजवादीतिरै

धनगढी / कैलाली जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा समाजवादीवीच नयाँ सहमति भएको छ ।
एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष विमलकुमार जोशीका अनुसार काँग्रेसले समन्वय प्रमुख, एक सदस्य, माओवादीले उपप्रमुख, तीन सदस्य र एकीकृत समाजवादीले तीन सदस्य लिने सहमति भएको छ ।
प्रमुख र उपप्रमुख गरेर नौ जनाको उम्मेदवारी आइतबार दर्ता हुने भएको छ ।
यसअघि भने माआवादीले, एमाले र नागरिक उन्मुक्ती पार्टीसंग चार सदस्य पाउने गरेर सहमति गरेको थियो ।
तर माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्डको निर्देशनमा पुरानो सहमति तोडेको बताइएको छ ।
कैलालीमा जिसस गठनका लागि १३ पालिकाका प्रमुख/उपप्रमुख गरेर २६ जना मतदाता छन् । जिससमा जित्नका लागि १४ मत आवश्यकपर्छ ।
सत्तारुढ गठवन्धनसंग १३ मत रहेका छन् । भने एमाले, नागरिक उन्मुक्तीसंग १२ मत रहेका छन् । यस्तै एक जना स्वतन्त्र मेयर गोपाल हमालले विपक्षलाई मतदान गरे सत्ता पक्ष र विपक्षी गठवन्धन बराबर १३/१३ हुने छन । यस्तै गरेर हमालले भोट हाल्नै गएनन् वा भोट हाल्न गएर सत्ता पक्षलाई मतदान गरे भने सत्तापक्ष सजिलै निर्वाचित हुने छ ।
कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख, तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ ।
यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । भने माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी एक प्रमुख जितेको छ ।
कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ ।
०४९ को स्थानीय चुनावबाट काँग्रेसले तत्कालिन जिल्ला विकास समिति एक्लैले बनाएको थियो भने ०५४ मा राप्रपासंग मिलेर जिल्ला विकास समिति बनाएको थियो ।
हेर्नुस यो पनि




