६ जेष्ठ २०८१, आईतवार

कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ती, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति




धनगढी/ कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ ।

एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने सहमति बिहीबार भएको छ ।

यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए ।
यस्तै माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख/उपप्रमुख आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ती, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ ।

यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेको छन् ।
कैलालीमा काँग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए ।

कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार