१३ बैशाख २०८१, बिहीबार

आजदेखि नेपाली साहित्य महोत्सव




धनगढी / कैलालीको धनगढीमा आज (बिहीबार) देखि नेपाली साहित्य महोत्सव हुदैछ ।

सुदूरपश्चिमाञ्चल साहित्य समजाको आयोजनामा बिहिबारदेखि तीन दिनसम्म सो महोत्सव हुन लागेको हो ।

नेपाली साहित्य महोत्सव, २०७८ को बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम तालिका पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रम तालिका अनुसार १९ गते प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट महोत्सवको उद्घाटन हुने छ । महोत्सव उद्घाटन समारोहमा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको २०७६ र २०७७ ४० वटा पुरस्कार समर्पण र सम्मानपत्र प्रदान गरिने छ । सो पश्चात पुस्तक विमोचन गरिने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए ।

महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति र विकास लगायतका विषयमा १६ बढि बहस सत्र सञ्चालन हुने छन् ।
महोत्सवमा देशभित्रका नेपाली भाषी साहित्यकारहरू समेत दुई सय बढिको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जोशीले भने– यो हामीतपाईं सबैको कार्यक्रम हो, त्यसैले यसलाई सफल बनाउन सबैको योगदानको आवश्यकता छ ।

उनले सुदूरपश्चिम प्रदेश, नेपाली भाषा, संस्कृतिलाई चिनाउने निकै महत्वपूर्ण अवसरका रुपमा महोत्सव रहेको चर्चा गरे । उनले भने– नेपाली भाषा तथा संस्कृतिको माउथलो सुदूरपश्चिम प्रदेशमा विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सहभागितामा साहित्यिक महोत्सव हुनु सबैका लागि गौरवको विषय हो ।

कार्यक्रममा मुल आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले सुदूरपश्चिम प्रदेशलाई चिनाउने महत्वपूर्ण अवसर आएको चर्चा गरे । उनले महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।

संयोजक उपाध्यायले भने– सुदूरपश्चिम प्रदेश देवभूमी हो । नेपाली भाषा, संस्कृतिको उद्गमस्थलका रुपमा रहेको यो प्रदेशलाई विश्वसामु कुन रुपमा चिनाउने भन्ने हामीतपाईंको प्रस्तुतिमा भर पर्छ । उनले सुदूरपश्चिम भाषा र साहित्यको धनी तथा सुसभ्य प्रदेशका रुपमा स्थापित गर्न सबैमा आग्रह गरे ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुने साहित्य महोत्सवमा काठमाडौं, विराटनगर, पोखरा, चितवन, कैलाली, बैतडी, कञ्चनपुर, डोटी सहित देशभरबाट दुई सय बढी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजक साहित्य समाजले जनाएको छ ।

दुई वर्षअघि (२०७६) धनगढीमा विश्व साहित्य सम्मेलन गरेर अमेरिका, बेलायत, अष्टे«लिया, जापान, भारत, बर्मा, सहित एक दर्जनबढी देशका तीन सय बढी नेपाली साहित्यकार, लेखक, संस्कृतिकर्मीहरू, समिक्षकहरूलाई धनगढीमा भित्राइसकेको साहित्य समाजले हरेक वर्ष साहित्य महोत्सव आयोजना गर्ने घोषणा गरिसकेको छ ।

अध्यक्ष जोशीका अनुसार कोरोना महामारीका कारण दुई वर्ष साहित्य महोत्सव हुनसकेको थिएन । यस पटकको साहित्य महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार तथा प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेका छन् ।
त्यस्तै, प्रदेशका ३७ वटा स्थानीय तह र दुई वटा अस्पताल पनि प्रवद्र्धकका रुपमा रहेका छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा भाषा, साहित्य, संस्कृति, विकासका सवालमा १६ वटा परिसंवाद कार्यक्रम हुनेछन् ।

त्यस्तै, साहित्य महोत्सवमा गजल सन्ध्या, सुदूरपश्चिमको मौलिक देउडा, काव्य प्रार्थना, सङ्गीत साँझ कार्यक्रम पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार