१० श्रावण २०८१, बिहीबार

एमाले कैलालीको जिल्ला अधिवेशन : चन्द प्यानलबाट यी बने पदाधिकारीका उम्मेदवार



धनगढी / नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको छ ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो ।

यसक्रममा उपाध्यक्ष रणबहादुर चन्दको नेतृत्वमा एउटा प्यानल बनेको छ । सो प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी उपसचिवका उम्मेद्धार भएका छन् ।

यसअघि थापा, चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दावी गरिरहेका थिए । प्यानल सहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गरेका छन् ।

अध्यक्षका उम्मेदवार चन्दले सदस्यहरुको नाम पनि तयार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार