२३ बैशाख २०८३, बुधबार

बाजुराका नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य लड्दै




धनगढी / नेपाली काँग्रेसको काठमाडौमा जारी १४ औ महाधिवेशनमा दुर्गम बाजुराबाट पदमबहादुर नेपाली केन्द्रीय सदस्यमा लड्ने भएका छन् ।

दलिततर्फको पाँच खुला केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेका नेपालीले आफू प्रचारप्रसारमा लागि रहेको बताउछन् ।

उनले मन्त्री, सांसद र विभिन्न खालका नियुक्ती खानेहरुका विरुद्ध आफू उम्मेदवार भएको बताए ।

त्यस्तो अवसर पाएकाले खुलामा लड्ने आँट गर्नु पर्ने थियो उनले भने त्यस्ता नेताहरु दलित कोटाबाट लड्नु राम्रो होइन ।

सो महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि सोमबार मतदान हुने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार