१४ बैशाख २०८१, शुक्रबार

संविधान उल्ट्याउन खोज्ने प्रयास अझै जारी छ : अध्यक्ष प्रचण्ड



प्रचण्डले भने जनताका काम हुन्छन् म प्रधानमन्त्री त होइन तर प्रधानमन्त्री भन्दा कम पनि होइन


धनगढी /
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुद्ध अध्यक्ष प्रचण्डले आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु संविधान उल्ट्याउने लागिरहेको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको बुधबार उद्घाट्न गर्दे उनले संविधान जारी भएपछि हिजो पनि आज पनि केही तत्वहरु संविधान उल्ट्याउन लागेको बताए ।

संविधान रक्षा गर्न, पछाडि परेका वर्गलाई अधिकार दिन र देश पनि बलियो बनाउन माओवादी बलियो भइरहनु पर्ने उनले बताए ।

उनले भने, हामीले गाउँगाउँमा सिंहदरवार ल्यायौ तर त्यो अधिकार आउदा चित्त नबुझाएकाहरुले संविधान उल्ट्याउन खोजेको बताए । हिजो झुट बोल्न सिपालुहरुले अधिकार दिएनन् अव त्यसो हुँदैन उनको भनाइ छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण अधिकार गाउँ नआएको बताउदै उनले भने, हामीले ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएर नायक बनाउन खोज्यौ तर खलनायक भए, जनताका काम गर्न मानेनन् ।

फरक प्रसंगमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने नगरपालिकाको नयाँ र राम्रो घर भएर मात्रै हुँदैन छिटो छरितो, प्रभावकारी र गुणस्तरियढंगले जनतालाई सेवा दिनुपर्छ ।

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीका अनुसार ०७४ माघमा प्रचण्डले नै शिलन्यास गरेको सो भवन छ करोड ६४ लाखको लागतमा बनेको हो ।

सो अवसरमा भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भजनी क्षेत्रको मुख्य समस्या बाढी नियन्त्रण र पुलपुलेसा निर्माण गराइ दिनका लागि ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै उनले आफूले भजनीका समस्या समाधानमा पहल गर्ने बताए ।

जनताका काम हुन्छन् म प्रधानमन्त्री त होइन तर प्रधानमन्त्री भन्दा कम पनि होइन त्यसैले यहाँका समस्या समाधान हुन्छन उनले भने सम्वन्धित मन्त्रालय हामीसितै छ प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भन्छु ।

प्रचण्डले बर्दगोरिया गाउँपालिकाको सडकपुर वौनियामा आयोजित एक जनसभालाई पनि सम्वोधन गरे । उनले धनगढीमा भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरिय बैठकलाई पनि सम्वोधन गरेका थिए ।

यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार