महाकालीमा फसेकाको उद्धार

महेन्द्रनगर / महाकाली नलीमा फसेका पाँच जनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र पाँच वर्षीय अजय नायक रहेका छन् ।
उनीहरु सोमवार रातिबाट महाकाली नदीको वीच भागमा फसेका थिए । उनीहरुले नदीको वीचमा रहेका रुखमा बसेर बाँच्न सफल भएका थिए ।
उनीहरु कुखुराको खोरमा काम गर्ने क्रममा नदी किनारामा गएको बेला एक्कासी बाढी आएकोले नदी तर्न नसेकर बसेको बताइएको छ ।




