८ बैशाख २०८१, शनिबार

कोभिड नियन्त्रण गर्न तीनै तहका सरकारवीच अझै राम्रो समन्वय हुन जरुरी : मन्त्री खड्का



धनगढी / सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना नियन्त्रण गर्नका लागि तीनै तहका सरकारवीच अझ राम्रो समन्वय, सहकार्य हुनु जरुरी भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वरा तयार गरेको बालबालिका शिक्षा र स्वास्थ्य सुरक्षासंग सम्बन्धी कोभिड–१९ प्रतिकार्य योजना यसको कार्यान्वयन अवस्था र चुनौती विषयक धनगढीमा शनिबार भएको एक कार्यक्रममा मन्त्री खडकाले तीन तहका सरकारवीच अपेक्षा गरे जस्तो समन्वय सहकार्य नभएको संकेत गरे । उनले अहिलेको परिस्थितिमा स्वास्थ्य र शिक्षालाई जोडेर अगाडि बढनु पर्ने बेला आएको समेत बताए ।

‘कोभिड–१९ को पहिलो र दोस्रो चरण पार गर्दा हामीले धेरै सिकेका छौ त्यसको नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको ठूलो भूमिका रहेको थियो मन्त्री खडकाले भने, –शिक्षा र कोभिडलाई साझा मुद्दा बनाएर लग्न सकिएन भने तेस्रो चरण आए ठूलो क्षति हुनसक्छ । उनले कोरोनाके तेस्रो लहर रोक्नका लागि प्रदेश सरकारले विभिन्न गतिविधि र तयारी गरिरहेका समेत बताए ।

सामाजिक विकास राज्यमन्त्री मना साउद सरकारले ल्याएको विद्यालय संचालन नीतिको पालन गरेर विद्यालय संचालन गरि दिन आग्रह गरिन । कोरोनाको मारमा विद्यार्थी तथा बालबालिका परेकोले अनलाइन कक्षाको सट्टा स्वास्थय मापदण्ड अपनाएर भौतिक सुरुक्षा कायम गर्दै विद्यालय संचालनमा उनले जोड दिइन ।

सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सभापति कुन्ती जोशी खोप, योजना पहुँचको आधारमा पाइएको गुनासो आएको बताइन । उनले भनिन जनताको प्रतिनिधि भएपछि सबैको साझा बन्नु नसके कहिले पनि विकास नहुने बताइन ।

तराई होस पहाड सबै ठाउँमा समान विकास हुन जरुरी छ उनले भनिन हो दार्चुला र कैलालीमा ठाउँ अनुसारका फरक साना वा ठूला संरचना र जनशक्ति चाहिएलान तर सुविधा सबैले समानरुपमा पाउनुपर्छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासशाखा प्रमुख नरेन्द्रसिंह कार्की बालबालिकाहरुमा कोभिड–१९ रोकथाम उपचार र व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्दै सिमानाकामा हेल्थ डेस्का सेवा संचालन गरेको बताए ।

कोरोनाके दुई लहर पार गरेको बताउदै अहिले बालबालिकाहरुको लागि अलगै बेड सहितको बालमैत्री अस्पतालको स्थापना गरिरहेको बताए । लुनिभा बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगौल कोरोनाको कारण बालबालिका बढी प्रभावित भई पढनबाट बन्चित भएको बताए ।

पञ्चोदय माविका प्रअ हरिशकुमार ओझा दशै तिहारको वीच कोरोनाको तेस्रो लहर आउने सबैको आकलन रहेकोले सुरक्षा अपनाएर सबै जना विद्यालय संचालन गर्नु पर्ने बताए ।

विद्यार्थी लक्ष्मी जोशीले फरक क्षमता भएको, अपाङगता बालबालिका बढी कोरोनाको मारमा परेको बताए । कोरोनाको बेला पढाई संचालन गर्न अनलाईन कक्षा संचालन गर्दा झन विकृति बढेको उनले बताए ।

पत्रकार प्रकाशविक्रम शाहले यहाँ कोरोनाको राम्रो उपचार नहुँदा मध्यमस्तरका नागरिक काठमाण्डौ गइरेको बताए । उनले भने यहाँ राम्रो भौतिक पूर्वाधार निर्माण गरिएको छ तर स्वास्थ्यकर्मीले राम्रो सुझाव, सल्लाह नदिना कारोनाका सामान्य विमारीहरु पनि काठमाडौ गइरहेका छन् ।

संरचना बनाउन खर्च भइरहेको छ तर नागरिकलाई यहाँको उपचारमा विश्वास छैन उनको भनाइ थियो त्यसैले नागरिकलाई विश्वास दिलाउने गरेर उपचार हुन आवश्यक छ ।

युनिसेफ नेपालका इन्द्र प्रकास गुप्ताले भने अहिले सबै सामुदयिक तथा निजि विद्यालय खुलेका छन तर स्वास्थ्य मापदण्ड अपनाएका छैनन । सुरक्षित विद्यालय संचालन गर्न ऐन ल्याउन आवश्यक रहेको उहाँले बताए ।

सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमर सानो कोठामा धेरै विद्यार्थी बसाएर पढाई रहेको भएपनि अनुगमन नभएको बताए । सो अवसरमा यूएनएफपीएका गिरी पन्थी, यूनिसेफका काली पुन, इन्द्रबहादुर गुप्ता, आरटिआइका रामदास चौधरी लगायतले पनि कोभिड नियन्त्रणका लागि विभिन्न खालका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार