८ बैशाख २०८१, शनिबार

एमालेको प्रदेश इन्चार्ज मै हुँ– लेखराज



धनगढी / नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको उनले बताए । उनले भने– इन्चार्जको विषयमा कुनै विवाद रहेको छैन ।

मंगलबार प्रेस चौतारीले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटि बैठकमा नै अध्यक्ष (केपी शर्मा ओली) ले एकीकरणसहितको नेकपा एमाले भनेको चर्चा गरे ।

उनले भने– पार्टी नेतृत्वले सुुदूूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण बहादुर थापालाई तोकेकोले कुनै विवाद रहेको छैन ।

उनले पार्टी उपाध्यक्ष भीम रावल र आफूबीच कुनै मतभेद नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार