८ बैशाख २०८१, शनिबार

आज हरितालिका तीज



धनगढी / आज (बिहीबार) हिन्दू धर्मावलम्वीहरूको महान चाड, तीज । हिन्दु धर्मावलम्बी नारीहरूले आज हरितालिका तीज मनाउदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।

सत्ययुगमा पर्वतराज हिमालय पुत्री पार्वतीले आजैको दिन देवाधिदेव महादेव पति पाउन भनी निराहार व्रत बसेर पुजाउपासना गरेको धार्मिक विश्वासमा हिन्दू धर्मावलम्बी महिलाहरूले पानी समेत नपिएर ब्रत बस्नुका साथै पुजाआजा, उपासना गर्ने गर्दछन् ।

पार्वतीको इच्छा विपरीत उनका बुबा हिमालयले उनको विवाह भगवान विष्णुसंग गरिदिन खोजेपछि सखीहरूलाई समस्या सुनाउदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख छ ।

सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार