१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरबाट निर्वाचित सबै प्रदेश सभा सदस्य नेकपा (एस) मा



धनगढी । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरका सबै चारै जना प्रदेश सभा सदस्यहरु नेकपा (एस) मा आवद्ध भएका छन् ।


नेकपा (एस) मा लाग्नेमा कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यहरु तारा लामा तामाङ, कुलवीर चौधरी क्षेत्र नम्बर २ को ख बाट निर्वाचित लालबहादुर खड्का र क्षेत्र नम्बर ३ को कबाट निर्वाचित प्रकाश रावल छन् ।

चौधरीले गत मंगलबार र अरु तीन जनाले आइतबार सनाखत गरेका हुन । कञ्चनपुर २ क र ३ को ख बाट माओवादी पक्षका प्रदेश सभा सदस्य निर्वाचित छन् ।

लामा एमालेका निर्वाचित अध्यक्ष तथा प्रदेश सभाका पूर्व प्रमुख सचेतक समेत हुन । खड्का अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री छन् भने रावल प्रदेश सरकारका पूर्व राज्यमन्त्री हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार