१५ चैत्र २०८०, बिहीबार

लोकप्रिय गायक विश्वराम कार्कीको “तिमी त अचेल” सार्बजनिक ( भिडियो सहित)



धनगढी / लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमी त अचेल” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन् । विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमी त अचेल” अहिलेचर्चाको शिखर टेक्दै गरेको छ विश्वराम कार्कीको शब्द रचना तथा संगीत रहेको यस गीतमा प्रमोद निर्वाणको एरेन्ज रहेको छ ।

छायांकार हृतिकसिंह ठकुरीको छायांकन तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल तथा गायक विश्वराम कार्की, लोकप्रिय मोडल निशा खालिङ र जीवन कार्कीको अभिनय रहेको छ । भिडियोलाइ माधव बेलबासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार