७ पुष २०८२, सोमबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : शनिबार १३ जनामा संक्रमण पुष्टि



धनगढी / सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार शनिबार गरिएको पिसिआर परिक्षणमा ७ र एन्टिजेन परिक्षणमा ६ गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार १ सय ६६ जनाको पिसिआर विधिबाट र ६ सय १२ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुनेको कुल संख्या ४६ हजार २ सय ८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३५ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४५ हजार ४ सय ४४ पुगेको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण शनिबार सम्म ५ सय ८२ जनाको मृत्यु भएको छ । शनिबार सम्म सुदूरपश्चिमका ३ सय ६६ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । सुदूरपश्चिम प्रदेशमा शनिबार सम्म ३ लाख ११ हजार ५ सय ४३ जनाको कोरोना परिक्षण गरिएको छ ।

जसमध्य २ लाख २ हजार ७ सय ७६ जनाको पिसिआर विधिबाट र १ लाख ८ हजार ७ सय ६७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार