१२ श्रावण २०८१, शनिबार

औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वम



धनगढी/ नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको प्रथम भेलाले पृथ्वी वमको अध्यक्षतामा निर्विरोध प्रदेश कार्यसमिति चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा फोनिराम चौधरी,उपाध्यक्ष थोकमा टेकनारायण पौडेल,उपाध्यक्ष खुद्रामा कैलाशचन्द्र भट्ट,महासचिव गजेन्द्र लेखक,कोषाध्यक्षमा दिनेश चौधरी,सहकोषाध्यक्ष साहिवा राना र सचिवमा रामबहादुर चौधरी चयन भएका छन ।

कार्यसमितिको सदस्यहरुमा भगवतीदास चौधरी, जितराज भट्ट, शंकरदत्त शर्मा,घनश्याम कलौनी,डोगाली चौधरी,अर्जुनसिह कठायत, शैलेशकुमार श्रेष्ठ, देवराज चौधरी र प्रिति भण्डारी रहेका छन ।


कार्यक्रमको उदघाटन कार्यक्रमा बोल्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्दमेहर श्रेष्ठले अहिलेको जटिल अवस्थामा औषधि व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । साथै उहाँले संघले व्यवसायीका हकअधिकार बारेमा विगतदेखि आवाज उठाउदै आएको र आगामी दिनमा समेत आवाज उठाउने बताए ।

कार्यक्रमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवाल, उपाध्यक्ष सुनिल श्रेष्ठ र रामप्रसाद खरेल महासचिव रामचन्द्र शर्मा लगायत केन्द्रीय सदस्य गयाप्रसाद कुस्मी, डोटी,बाजुरा,अछाम र बझाङ संयुक्त शाखाका अध्यक्ष हिक्मतसिह चोप्डा लगायतले बोलेका थिए ।

प्रथम भेलामा चार शाखा र दुई अञ्चल शाखाका ६८ जना प्रदेश प्रतिनिधिको सहभागीता रहेको थियो । महाकाली अञ्चल अध्यक्ष घनश्याम कलौनीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार