२३ बैशाख २०८१, आईतवार

भारतिय सुरक्षाकर्मीले तुइन काट्दा एकजना बेपत्ता



फाइल तस्बिर


दार्चुला/ व्यास गाउँपालिका–२ मालमा तुईन तर्ने बेला एसएसबीले तुइन काट्दा एक जना पुरुष महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

शुक्रबार विहान गाउँबाट भारतको बाटो हुदै तुईन तरेर दार्चुला सदरमुकाम आउन लागेका व्यास गाउँपालिका–२ का ३० वर्षीय जयसिह धामी महाकालीमा बेपत्ता भएका हुन ।

स्थानीय जनक धामीका अनुसार, बेपत्ता भएका धामी तुईन तरेर भारतीय क्षेत्रमा पुगेका थिए ।

तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउदा तुइनको तारले तानेपछि जयसिंह नदीमा हुत्तिएर बेपत्ता भएका हुन् ।

सो घट्नाको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी नरेन्द्र चन्दले पुष्टी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार