७ बैशाख २०८१, शुक्रबार

सुदूरका मुख्यमन्त्रीबाट नैतिकताको शिक्षा लेउ : डा. रावल




धनगढी /
नेकपा (एमाले) नवौ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित नेता डा. भीमबहादुर रावलले विधि, विधान र पद्धति मिच्नेले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिनु पर्ने बताएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएपछि बधाई दिदै नेता रावलले सो प्रतिक्रिया दिएका हुन । जेठ २१ गते विश्वासको मत लिनु पर्ने कुरा प्रदेश सभामा उठेपछि विश्वासको मत लिने प्रस्ताव गरेर मुख्मन्त्रीले नैतिकता देखाएको आशय रावलले व्यक्त गरेका छन् ।

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा सो कुरा उल्लेख गरेका छन् ।

प्रदेश सभामा एमालेका २५ सदस्य रहेकोमा सभामुख बाहेकका नेता माधव नेपाल पक्षका १७ जनाले मुख्यमन्त्री भट्टका पक्षमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षिय सात जनाले विपक्षमा मतदान गरेका छन् । मंगलबार विहान मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार