१५ फाल्गुन २०८०, मंगलवार

सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक स्थगित



कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित भएको छ । माधव पक्ष बिच नै मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित स्थगित गरिएको हो । बुधबार बिहान ८ः३० बजे दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारालामा तामाङले बताए ।

उनले बैठकमा एमालेका सबै सदस्यहरुलाई खबर गरिएको जानकारी दिए । मंगलबार बोलाइएको बैठकमा ओली पक्षलाई भने खबर गरिएको थिए ।

बुधबार बिहानको बैठकमा आफूहरूलाई पनि खबर आएको ओली पक्षका सांसदहरूले बताएका छ । भोलि बिहान बैठक बोलाइएको खबर आएको ओली पक्षका सांसद तथा एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार