१० श्रावण २०८१, बिहीबार

टीकापुरमा खैरो हिरोइनसहित दुई युवती पक्राउ



टीकापुर । कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित २ युवतीलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डाबाट सोही वडाको वैदीका २४ वर्षिया दिलु पाण्डे र १६ वर्षिया राधा पाण्डेलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो साँढे ४ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिने नायव उपरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार