१३ बैशाख २०८१, बिहीबार

काँग्रेस नेतृ डा. आरजु राणा देउवाद्वारा धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका दश लाख आर्थिक सहयोग



धनगढी, २ जेठ। नेपाली काँग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५की उमेद्बार डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढि उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग गरेकी छिन् । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले रकम जम्मा गरेकी हुन् ।

आईतबार काँग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढि उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जानकारी दिए ।

बिगत ५ महिना देखी डा. आरजु राणा देउवा आफ्नो उपचारका लागि जापान रहेको समेत जानकारी दिईन् । यस्तो महाबिपत्तीका वेला कैलालीका नागरिकलाई अक्सिजन प्लान्ट स्थापनाका लागी सानो सहयोग गरेको काँग्रेस नेतृ देउवाले बताईन् । अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका रकम संकलन अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार