२३ बैशाख २०८१, आईतवार

महाकाली नगरपालिकामा ५० सैय्याको आइसोलेसन बनाउन सुरु



दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले ५० सैय्याको आइसोलेसन सैया बनाउने तयारी सुरु गरेको छ । महाकाली नगरपालिका स्वास्थ्य शाखाका अनुसार महेन्द्र नमूना मावि खलंगाको विद्यालय भवनमा आइसोलेसन सैया जडानको काम सुरु भएको छ । 

शुक्रबार १४ वेड आइसोलसन जडान गरिएका नगरपालिका स्वास्थ्य संयोजक मोहन महराले जानकारी दिए । उनले शनिबार सम्म सबै सैया तयार गरिने छ । आइसोलेसन सैयाँसगै स्वास्थ्य कर्मचारी खटाउने गरी कार्ययोजना तयार गरिएको छ । 

जिल्लाभरी कोरोनाको संक्रमण दर बढ्दै गएपछि अहिले नगरपालिकाभित्र स्याँब संकलन पनि सुरु गरेको छ । मार्मा गाउँपालिकाले कोडिभ १९ अस्पतालमै आइसोलेसन थप गर्ने तयारी गरेको छ । 

मार्मा गाउँपालिका स्वास्थ्य संयोजक चक्रसिह धामीका अनुसार ५ सैयाको कोभिड अस्पतालमै थप ५ सैया थप्ने तयारी गरिएको छ । अहिले अस्पतालमा २ जना कोरोना संक्रमित भर्ना भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार