बैतडीमा असिनाले तरकारी र फलफूलमा क्षती, किसान चिन्तित
बैतडी : असिनापानीका कारण बैतडीका विभिन्न स्थानका किसानले लगाएका तरकारी र फलफूलमा क्षती पुर्याएको छ ।
बुधबार बेलुकी परेको असिनापानीका कारण जिल्लाको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा लगाएको तराकारी र फलफूलमा क्षती पुर्याएको हो । साँझ करिव १घण्टासम्म लगातार परेको असिनाले किसानको खेतमा लगाएको तरकारी र फलफुल खेतिमा क्षति पुर्याएको हो ।
दोगडाकेदार गाउँपालिका लगायतका क्षेत्रमा तरकारी, फलफूल र कृषी बालीमा व्यापक क्षती भएको बैतडीको दोगाडाकेदार गाउँपालिकाका कृषी प्राविधिक कविराज भट्टले जानकारी दिए । असिनापानीको कारण मल्लाढिक, कफलकोट लगायत विभिन्न गाउँमा कृषि बालीमा व्यापक क्षती पुगेको हो। असिनापानी र ढलको पानीका कारण तरकारीखेतीमा व्यापक क्षती भएको छ ।
ब्यवसायिक तरकारीखेति गर्दै आएका आफुहरुको तरकारी असिनाले नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।
तरकारी बेचेरै दैनिक जिविकोपार्जन गर्ने गरेकोमा उक्त तरकारी असिनाले नष्ट गरिदिएपछि समस्या भएको किसानहरुले बताएका छन् ।
यस्तै बुधबार साँझ नै परेको असिनापानीले बैतडीको सुर्नया गाउँपालिका ४ मेल्डुंग्रा स्थीत किसानको तरकारी बालिमा क्षति पुर्याएको छ ।
यसअघि जिल्लाको शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि असिनापानीले तरकारी र फलफूलमा क्षती पुर्याएको थियो ।