२२ बैशाख २०८१, शनिबार

सेती अस्पतालबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत ५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाले कोरोना जितेर घर फर्किएको  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

५ जना डिस्चार्ज हुँदा थप  १५ जना नयाँ संक्रमित भर्ना भएको उनले बताए ।  हाल अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार