२३ बैशाख २०८१, आईतवार

पूर्व स्वास्थ्यमन्त्रीले पाएनन अक्सिजन



धनगढी । कोरोना संक्रमण भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीले सरकारी अस्पतालमा अक्सिजन नपाएको गुनासो गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरीटेण्डेट र व्यवस्थापन समितिसंग गुहार मागे । तर अस्पतालमा अक्सिजन उपलब्ध हुन सकेन ।

सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिण्डर भेटियो । त्यही सिलिण्डर ल्याएर पूर्व स्वास्थ्यमन्त्री चौधरीकी पत्नीलाई अक्सिजन दिइयो ।

पूर्व स्वास्थ्यमन्त्री चौधरी र उनकी पत्नीको यतिबेला सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार भईरहेको छ । पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भईसकेको र पत्नीको अवस्था अझै सुधार हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार